मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

व्यासमा खटियो सेना, महाकाली करिडोर खुलाउने

व्यासमा खटियो सेना, महाकाली करिडोर खुलाउने

सुदूर आज

काठमाडौं- महाकाली करिडोर अन्तर्गतको खलंगा–छाङरु सडक खण्ड निर्माणका लागि नेपाली सेनाको फौज घाँटीबगरको थीमा तैनाथ भएको छ।

महाकाली करिडोर (दार्चुला टिंकर सड्क योजना) अन्तरगत उत्तरतर्फको ८७ किमि सडक खण्ड नेपाली सेना मार्फत निर्माण गराउने सरकारको १४ वैशाखको निर्णय अनुसार घाँटीबगरमा एक सेक्सन फौज खटिएको नेपाली सेनाले जनाएको छ।

सेनाले हाल उक्त सडक खण्डको व्यास गाँउपालिका– २ स्थित घाँटीबगर इलाकामा करिव २ मिटर चौडाईको ४५० मिटर गोरेटो/घोडेटो बाटो निर्माण कार्य अघि बढाउने जनाएको छ। साथै बाटो निर्माण कार्यको लागि दक्ष प्रावधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीको निमित्त आवश्यक नफ्रिको फौज, उपकरण एवं अन्य सामाग्रीहरु सहितको टोली शुक्रबार पुग्ने छ।

चीन र भारतको सीमा नाका समेत पर्ने दार्चुला जिल्लाको व्यास गाउँपालिका- १ मा पर्ने छाङरु र तिंकर गाउँका करिब १८२ घर परिवारको करिब १२०० जना स्थानीयलाई जिल्ला सदरमुकाम खलङ्गा आवतजावत गर्नको लागि मौरी भिरमा ठुलो चट्टान र घाँटीबगर भन्ने स्थानमा पहिरो समेत गएकोले अहिले बाटो बन्द छ।

ती गाउँका वासिन्दाले हाल भारत तर्फ रहेको बाटो प्रयोग गर्दै आएका छन् । घाँटीबगर र मौरी भिर ईलाकामा पर्ने ४५० मिटर सडक खण्ड सुचारु भएपछि स्थानीय बासिन्दा नेपालकै भूमि प्रयोग गरी आवत जावत गर्न सक्नेछन् । – nepalsamaya