मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको चौखुट्टे सिमा नाकाबाट एकै दिन २०४ जना जिल्ला भित्रिए

अछामको चौखुट्टे सिमा नाकाबाट एकै दिन २०४ जना जिल्ला भित्रिए

सुदूर आज

अछामको पूवी सिमाना चौखुट्टे सिमा नाकाबाट शुक्रबार एकै दिन २०४ जना जिल्ला भित्रिएका छन । जिल्लाको चौरपाटी गाउँपालिकाका दुई महिला २७ पुरुष गरि २९ जना, मेल्लेख गाउँपालिकाका ३७ जना साँफे नगरपालिकाका ४६ जना र मंगलसेन नगरपालिकाका ९२ जना अछाम भित्रिएको चौखुट्टे प्रहरी चौकी ईञ्चार्ज गणेश बहादुर सिहंले जानकारी दिनुभयो ।

रोजगारीको शिलसिलामा भारतका विभिन्न शहरमा गएका नागरिकलाई सिमा नाका गौरी फन्टा सम्म भारत सरकारको समन्वय र अछामसम्म प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय अछाम र स्थानिय सरकारको पहलमा जिल्ला भित्रिएका प्रहरीले जनाएको छ ।

भारतबाट आएका चौरपाटी गाउँपालिका २९ जना नागरिकलाई २१ दिन क्वारेन्टाइनमा राखिने गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदले जानकारी दिए ।

यस्तै भारतबाट आएका आफ्ना पालिकाका नागरिकलाई ल्याउन गाउँपालिका अध्यक्ष हर्क बहादुर साउद, सिउडि प्रहरी चौकी ईञ्चार्ज अकबर सिहं धामी, गाउँपालिका प्रेस सल्लाहाकार राजेन्द्र कुँवर, गाउँपालिकाका एमआईएस अपरेटर कालु वोहरा सहितको टोली जिल्लाको सिमाना चौखुट्टे गएको थियो ।

अध्यक्ष साउदले भारतबाट आएका पालिकाका नागरिकलाई सम्झाई बुझाई क्वारेन्टाईनमा राख्नु भएको छ । भारतबाट आएका वडा नं १ सिउडिका एक महिला सहित १२ जना, वडा नं २ का १५ जना पुरुष र वडा नं ३ का एक महिला एक पुरुष गरि दुई जनालाई वडा कार्यालयले निर्माण गरिएका क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष साउदले जानकारी दिए ।