मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमका थप ५ जना कोरोनाको संक्रमण

सुदूरपश्चिमका थप ५ जना कोरोनाको संक्रमण

सुदूर आज

धनगढी : सुदूरपश्चिमका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कैलालीका तीन, बैतडी एक र डडेल्धुराका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

धनगढी प्रयोगशाला मार्फत गयराति गरिएको परीक्षणमा पाँचै जनामा कोरोना पुष्टि भएको हो। कैलालीको जानकी गाउँपालिकाका तीन जना, डडेल्धुराको परशुराम नगरपालिका एक जना र बैतडीको शिवनाथ गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या १० पुगेको छ। सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो। 

धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला, कैलाली लम्कीका २१ बर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो।

बैशाख १ गते लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो। त्यसयता सुदूरपश्चिममा नयाँ संक्रमित भेटिएका थिएनन्। सुदूरपश्चिमका ५ जना संक्रमितले कोरोनालाई जितिसकेका दिनेश खबरमा समाचार छ ।