मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संचारकर्मीका लागि तत्काल आकस्मिक राहत प्याकेज ल्याउनु पर्छः प्रदेश अध्यक्ष शाह

संचारकर्मीका लागि तत्काल आकस्मिक राहत प्याकेज ल्याउनु पर्छः प्रदेश अध्यक्ष शाह

सुदूर आज

कमल रावल, अछाम ।

नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्ष अर्जुन शाहले मिडिया तथा अग्र मोर्चामा रहेर खट्रिहेका संञ्चारकर्मीका लागि तत्काल राहतका कार्यक्रम ल्याउनु पर्ने माग गरेका छन् । कोरोना भाईरसको संक्रमण दिनदिनै फैलिएसँगै पत्रकारको स्वास्थ्य देखि ब्याबसायिक सुरक्षा अन्र्तगत आर्थिक भार समेत निकै बढ्दै गएकाले राहतका प्याकेज आवश्यक रहेको अध्यक्ष शाहको भनाई छ ।

कोरोना भाईरसले गदा बन्दाबन्दीको समयमा सुदुरपश्चिममा थुप्रै पत्रकार बेतलबी हुनु पर्ने अबस्था आएकाले यो नाजुक अबस्थामा स्थानिय, प्रदेश र केन्द्र सरकारलाई संचारकर्मीका बषयमा सोच्न आग्रह गरेका हुन । महासंघ प्रदेशले सुदुरपश्चिमका प्रत्येक जिल्लामा पुगेर जानकारी लिदै स्वास्थ्यका सामाग्री वितरण गरेर आएकाले हरेकका पिडा बुझेकाले प्रतिबेदन सहित प्रदेश सरकारसँग छलफल गर्ने उनले बताए ।

पहिलो चरणमा प्रदेश सरकारसँग छलफल भईसकेकाले रेडियो, दैनिक पत्रिका र अनलाईन सहित दैनिक खटेर काम गर्ने पत्रकारका लागि प्याकेज उपलब्ध गराउन पहल गर्ने शाहको भनाई छ । यो बेला आफु बाच्ने र अरुलाई बचाउने समय भएकाले कसैलाई पनि लापरबाही नगर्न आग्रह गर्दै शाहले जोखिम दिनदिनै बढ्दै जाने भएकाले त्यसतर्फ सबै सचेत हुनु आग्रह गर्नुभयो ।

डोटि, बाजुरा पुगेर अछाममा जिल्लाका पत्रकारको पछिल्लो अवस्था, संञ्चार माध्यामको अवस्था सहित आगामि दिनमा गर्न सकिने पहलको बारेमा जानकारी लिन अध्यक्ष शाहको नेतृत्वमा आएको महासंघ सुदूरपश्चिमको टोलीमा सहभागी प्रदेश महासचिव योगेश रावलले महामारीको यस सँकटको बेला अग्र मोर्चामा खट्ेर काम गर्ने पत्रकारलाई सचेत रहन आग्रह गर्नुभयो । सँकटको बेला सबै एकभएर अघि बढ्ने समय आएकाले कुनै हिसाबले हेलचेकराई नगर्नमा समेत उनको जोड थियो ।

महासंघ प्रदेशद्धारा जिल्लाशाखालाई स्वास्थ्य सामाग्री हस्तान्त्रण

जिल्ला पुगेको टोलीले प्रदेश मार्फत उपलब्ध पत्रकारका लागि स्वास्थ्य सामाग्री पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्रीलाई हस्तान्तरण गरिएको थियो । मंगलसेनमा भएको छलफल तथा भेटघाटमा पत्रकार महासंघ प्रदेश सदस्य पुष्पराज भट्ट, भिम चौधरी, बिराज रोस्यारा, पत्रकार महासंघ अछामका निर्वतमान अध्यक्ष जनकराज भण्डारी, प्रेस संगठन अछामका सह संयोजक कृष्ण बहादुर बुढा, जिल्ला स्थित रेडियो तथा छापा माध्यम सहित राष्ट्रिय संञ्चार माध्यममा कार्यरत संञ्चारकर्मीको सहभागिता रहेको थियो ।