मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा थप ३२ जनामा कोरोना संक्रमण

नेपालमा थप ३२ जनामा कोरोना संक्रमण

सुदूर आज

काठमाडौं– शनिबार बिहान थप ३२ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ। नयाँ ३२ सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ। थपिएका संक्रमितमध्ये दुई महिला र ३० पुरूष छन्।

३२ जनामध्ये कपिलवस्तु र रूपन्देहीमा ८/८, सर्लाहीमा १३, चितवन, काठमाडौं र बारामा १/१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये ७० जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन् भने तीन जनाको मृत्यु भएको छ। शुक्रबार एकैपटक बाँकेका २१ जना डिस्चार्ज भएका थिए।