मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट ३ लाख ३८ हजारको मृत्यु

कोरोनाबाट ३ लाख ३८ हजारको मृत्यु


काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट शुक्रबार एकै दिनमा १ लाख ७ हजार ७ सय १६ जना संक्रमित भएका छन् । एकै दिनमा थपिएका नयाँ संक्रमितको संख्या यो अहिलेसम्मकै उच्च हो ।

बिहीबार मे २१ मा १ लाख ७ हजार ८१ जना संक्रमित भएका थिए भने त्यसअघि उच्च संक्रमण अप्रिल २४ मा देखिएको थियो । सो दिन १ लाख १ हजार ८ सय ८४ जना संक्रमित थपिएका थिए ।

रेकर्ड तोड्ने गरि पछिल्लो दुई दिनमा लगातार थपिएका संक्रमितहरुको तथ्यांकले कोरोना संक्रमण झनै फैलिएको देखाएको छ । पछिल्लो समय कोरोना संक्रमणदर अमेरिका, ब्राजिल, रुस र भारतमा तिब्र गतिमा फैलिएको छ।

पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा २४ हजार १ सय ९७ जना संक्रमित भएका छन् भने १ हजार २ सय ९३ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा १९ हजार ९ सय ६९ जनामा संक्रमित थपिएका छन् भने ९ सय ६६ जनाको मृत्यु भएको छ । यस्तै रुसमा शुक्रबार एकै दिनमा ८ हजार ८ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ भने १ सय ५० जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा कोरोनाबाट पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ७० जना संक्रमित भएका छन् । जुन अहिलेसम्मकै उच्च हो ।

भारतमा यसअघि बिहीबार अर्थात मे २१ मा ६ हजार १ सय ९८ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै मे १९ मा ६ हजार १ सय १९ जना संक्रमित थपिएका थिए ।

२ सय १३ देशमा फैलिएको कोरोनाबाट अहिलेसम्म ५२ लाख १० हजार ८ सय १७ जना संक्रमित भएका छन् भने ३ लाख ३८ हजार १ सय ६० जनाको मृत्यु भएको छ ।

मृतक सबैभन्दा बढि अमेरिकामा रहेका छन् । जहाँ कोरोनाबाट संक्रमित हुनेको संख्या १६ लाख ९ सय ३७ छ भने ९५ हजार ९ सय ७९ जनाको मृत्यु भएको छ ।

बेलायतमा ३६ हजार ४ सय ७५, इटालीमा ३२ हजार ६ सय १६, २८ हजार ६ सय २८ र २८ हजार २ सय १८ जनाको मृत्यु भएको छ ।

नेपालमा भने कोरोनाबाट अहिलेसम्म ५ सय ४८ जना संक्रमित भएका छन् । तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार ५९ जना संक्रमित थपिएका थिए भने शनिबार बिहानै ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।