मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलालीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु, दुई घाइते

कैलालीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु, दुई घाइते

सुदूर आज

धनगढी :  कैलालीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको बर्दगोरीया गाउँपालिका – ३ बुटकौवाकी ३६ वर्षीया डम्मरा खत्रीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिबार बिहान साढे ९ बजेतिर घर पोत्ने माटो खन्ने क्रममा घटनास्थलमै खत्रीको मृत्यु  भएको र अन्य दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

घाइतेहरु १९ वर्षीय कल्पना खड्का र ९ वर्षीय सुनील ढुंगानाको भने अहिले घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए। – dineshkhabar