मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिपुरा सुन्दरी क्याम्पस श्रीकोटमा ४ कोठे भवनको सिलान्यास

त्रिपुरा सुन्दरी क्याम्पस श्रीकोटमा ४ कोठे भवनको सिलान्यास

सुदूर आज

अछाम ।

त्रिपुरा सुन्दरी क्याम्पस श्रीकोटमा एक भवनको सिलान्यास गरिएको छ । क्याम्पस व्यावस्थापन समितिका अध्यक्ष टेकबहादुर कुवँरले शनिबार एक कायएक्रमका बिच भवनको सिलान्यास गर्नुभएको हो ।

सुदूरपश्चिम प्रदेश सरकार बाट प्राप्त ५० लाखको योजनामा मार्फत भवनको निर्माण गर्न लागिएको अध्यक्ष कुवँरले बताए । धेरै पहिले नै काम सुरु गर्नु पर्ने भएपनि कोरोनाको कारण देश नै लकडाउन भएका कारण निर्माणमा ढिला भएको उहाँले बताए ।

जिल्ला प्रशासन संग पास लिएर निमाृणका लागि आवश्यक पर्ने सामाग्री जम्मा भईसकेकाले भन्दै अध्यक्ष कुवँरले अब भवन निर्माणका लागि कामदारहरुलाई क्याम्पस भित्रै राख्ने व्यावस्था गरेर काम तिव्र गितमा अगाडी बढाईनेछ ।

क्याम्पसको प्रांगणमा निर्माण हुन लागेको भवन ४ कोठा रहेको २ तले हुने क्याम्पसले जनाएको छ । सिलान्यास कार्यक्रममा वडाध्यक्ष कालुसिंह कुवँर, उपाध्यक्ष सुरत भुल, सदस्य सिलोज कुवँर, मोहन कुवँर, जिल्ला समन्वय समिति सदस्य लक्ष्मी शाह, उमावीका प्राचार्य लगायतको सहभागिता रहेको थियो ।