मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीका ४ जना थपिएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४ पुग्यो

बैतडीका ४ जना थपिएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४ पुग्यो


अछाम : सुदूरपश्चिम प्रदेशमा थप चार जनामा कोरोना पुष्टि भएको छ। शुक्रवार ५ जनामा कोरोना पुष्टि भएकोमा शनिबार थप चार जनामा पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

योसंगै प्रदेशभरी संक्रमितको सङख्या १४ पुगेको छ। शनिबार थपिएका चारै जना संक्रमितलाई सेती अस्पतालको आईसोलेसनमा राखिएको छ। उनीहरु बैतडीको शिवनाथ गाउँपालिकाका वडा नम्वर १ र २ का २०, २०, २२ र २७ बर्षीय पुरुष हुन्।

शुक्रवार मात्रै कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ बर्षीय युवक, डडेल्धुराको परशुराम नगरपालिका वडा नम्वर १० का २८ बर्षीय युवक र बैतडीको शिवनाथ गाउँपालिकाका २२ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो। उनीहरुको टीकापुर, डडेल्धुरा र बैतडी अस्पतालमा उपचार भईरहेको छ। 

सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो।

त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला, कैलाली लम्कीका २१ बर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो।

बैशाख १ गते लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो। त्यसयता सुदूरपश्चिममा नयाँ संक्रमित भेटिएका थिएनन्। सुदूरपश्चिमका ५ जना संक्रमितले कोरोनालाई जितिसकेका छन्।