मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रिय फुलाम !

प्रिय फुलाम !


  • जनक विष्ट

पन्चायतको अँध्यारो कोठा भित्र
तिमि स्थिर रहन सकेनौ
कहिले बाघेपानी पस्यौ त कहिले कता पस्यौ !

उमंगले छाती फुलायर भन्नै पर्छ
तिमी प्रजातन्त्रलाई स्पर्श गरेको रानिबन
अहिले गणतन्त्रको रानिबन
अनि, स्वतन्त्रताको उन्माद्ले मात्तिएको रानिबन
अचेल त ! तिमी बैचारिक कुचेस्ठाले
मुक्ती पायको रानिबन !

तर,
तिमी सारै फेरियछौ
रुपले,रङले, अनि कर्मले
तिमी सुन्दर छौ शान्त छौ
र छौ सालिन र भद्र पनि !!
तिम्रो सुन्दरता भित्रको सिमारेखा
तिम्रो शान्त स्वभाव भित्रको चञ्चलता
अरु कस्ले बुज्ला र त्यसरी
प्रिय फुलाम बाहेक !!
तिम्रा हजारौ मतियारहरुको अस्तु
आफ्नो छातिमाथी जलायर
तिम्रो र तिम्राहरुको रक्षा आगन हो
मेरो फुलाम ! हाम्रो फुलाम !!

आज,
दुशासनहरुले चिरहरन गरिरहँदा
तिम्रा बंशजहरुको ताताे अस्तु पखालेर
सेलाउन राखियका ढुङ्गाहरु
निर्मम छिनो र घनको पिडा खप्न नसकी
आफ्नो अस्तित्व रक्षाको लागि
तिमिसङ्ग, हात जोरेर पाउ ढाेगेर
बिन्ती बिसाउदा पनि
कसरी चुपचाप बस्न सकेको हाेला
मेरो रानिबन !!

तिमी वसन्त ऋतु सङ्गै पालुवा फेरिरहदा
तिम्रो यौवनको सिमारेखामा
उन्माद्को बाढि पस्ने बेलामा
तिमी रहेनौ भने ??
कसरी हाँस्न सकौली प्रिय रानिबन
बाघेपानिको फुर्सो डाडा बाट
तलौनी तिरका तिम्रा हजारौं यारहरु
कर्णालीको तिरमा स्नान गर्न आउदा
यदि भेटाइनौ भने फुलाम !!

आगन बिना तिमी कसरी रहौली
औसिको रातमा जुन हराउँदा
तिम्रो आगनमा जुन बनेर
टल्किने बालुवा र रानिबनको अनुहार परेका भुइँमान्छेहरु
तेरै अगाडि निर्बस्त्र बोकिरहँदा
कसरी मौन बस्न सकेकी ???