मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ठुलासैनमा ५५ बेडको क्वारेन्टाईन बनाईदै

ठुलासैनमा ५५ बेडको क्वारेन्टाईन बनाईदै


कमल रावल, अछाम ।

मँगलसेन नगरपालिका वडा नम्बर ६ मा ५५ वेडको क्वारेन्टाईन ब्याबस्था गरिने भएको छ । तत्काल भारत तथा बाहिरी जिल्लाबाट गाउमा अाउने नागरिकलाई ब्याबस्थापन गरेर राख्नका लागि ठुलासैनमा रहेको मालिका अाधारभुत बिदयालय र सन्त निरकारी मण्डलको भवनमा ब्याबस्था गरीएको बताईएको छ ।

मालिका अाधारभुत विदयालयमा २ भवनमा ४० वेड र सन्तर निरकारी मण्डलको भवनमा १५ वेडको गरी ५५ तत्कालै ब्याबस्था गरीने वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीले बताउनु भयो ।

वडामा अाज भएको सर्वदलिय बैठकले वडाको तथ्याक अनुसार ४ सय बढि मानिस भारतमा रहेकाले तत्काल केहि ब्याक्ति अाउन सक्ने भएकाले अहिले ठुलासैनका क्वारेन्टाईनमा राखिने र अझै अभाब भए गँगा माबि भनथानमा समेत क्वारेन्टाईन ब्याबस्था गरीने वडा अध्यक्ष भण्डारीले बताउनु भयो ।

क्वारेन्टाईनमा बस्नेलाई अावश्यक लुगा तथा खानेपानिका भाडा परिवारले ब्याबस्था गर्नुपर्ने र खानबस्नको ब्याबस्था वडाले गर्ने बताईएको छ ।