काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट ५३ लाख ९ हजार १ सय ४२ जना संक्रमित भएका छन् । जोन हपकिन्स विश्वविद्यालयका अनुसार २ सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट ३ लाख ४० हजार ८ सय ७५ जनाको मृत्यु भएको छ।
मृतक र संक्रमित सबैभन्दा बढि अमेरिकामा रहेका छन् । जहाँ अहिलेसम्म १६ लाख २२ हजार ४ सय ४७ जना संक्रमित भएका छन् भने ९७ हजार ७६ जनाको मृत्यु भएको छ । दोस्रो बढि संक्रमित ब्राजिलमा छन् । जहाँ ३ लाख ४७ हजार ३ सय ९८ जना संक्रमित भएका छन् भने २२ हजार १३ जनाको मृत्यु भएको छ । रुसमा ३ लाख ३५ हजार ८ सय ८२ संक्रमित भएका छन् भने ३ हजार ३ सय ८८ जनाको मृत्यु भएको छ ।
बेलायतमा २ लाख ५८ हजार ५ सय ४ जनामा संक्रमण पुष्टि भएको छ भने ३६ हजार ७ सय ५७ जनाको मृत्यु भएको छ । २ लाख ३५ हजार २ सय ९० जना संक्रमित भएका छन् भने २८ हजार ६ सय ७८ जनाको मृत्यु भएको छ । यस्तै इटालीमा २ लाख २९ हजार ३ सय २७ जना संक्रमित हुँदा ३२ हजार ७ सय ३५ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ८२ हजार ३६ जनामा संक्रमण पुष्टि भएको छ भने २८ हजार २ सय १८ जनाको मृत्यु भएको छ।
छिमेकी मुलुक भारतमा १ लाख ३१ हजार ४ सय २३ जना संक्रमित भएका छन् भने ३ हजार ८ सय ६८ जनाको मृत्यु भएको छ । नेपालमा भने हालसम्म ५ सय ८४ जना संक्रमित भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
२४ घण्टामा कहाँ के भयो ?
पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ९९ हजार ८ सय ७२ जना संक्रमित भएका छन् भने ४ हजार १ सय ८३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै २१ हजार ९ सय २९ जना संक्रमित थपिएका छन् भने १ हजार ३६ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा १६ हजार ५ सय ८ जनामा संक्रमण पुष्टि भएको छ भने ९ सय ६५ जनाको मृत्यु भएको छ । रुसमा ९ हजार ४ सय ३४ जना संक्रमित थपिदा १ सय ३९ जनाको मृत्यु भएको छ । बेलायतमा २ हजार ९ सय ५९ जनामा संक्रमण पुष्टि हुँदा २ सय ८२ जनाको मृत्यु भएको छ । इटालीमा ६ सय ६९ जना संक्रमित थपिएका छन् भने १ सय १९ जनाको मृत्यु भएको छ ।
स्पेनमा ४ सय ६६ जनामा संक्रमण पुष्टि हुँदा ५० जनाको मृत्यु भएको छ । फ्रान्समा २ सय ५० जनामा संक्रमण देखिदा ४३ जनाको मृत्यु भएको छ । शनिबार मात्रै भारतमा ६ हजार ६ सय २९ जनामा संक्रमण पुष्टि हुँदा १ सय ४२ जनाको मृत्यु भएको छ । नेपालमा पछिल्लो २४ घण्टामा ६८ जनामा संक्रमित थपिएका छन् । नेपाल समय
प्रतिक्रिया