मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अहिले सबै नागरिक सुरक्षामा जुटौँ विकास निर्माण त पछि पनि गरौँला : उपप्रमुख चलाउने

अहिले सबै नागरिक सुरक्षामा जुटौँ विकास निर्माण त पछि पनि गरौँला : उपप्रमुख चलाउने


अछाम ।

पञ्चदेवल बिनायक नगरपालिकाका उप प्रमुख अम्बिका चलाउनले कोरोनाले निम्त्याएको संकटको यस घडीमा हरेक नागरिकको जिम्मा राज्यले लिनुपर्ने उल्लेख गर्नुभएको छ ।

नेपाल भित्र होस् या भारतबाट आएर सिमानामा अलपत्र नागरिकहरुले घर आउन पाउनु पर्ने भन्दै नगर उपप्रमुख चलाउनेले नागरिकहरुले पनि राज्यले बनाएको स्वास्थ्य सर्तकता सर्त पालना गर्नुपर्नेमा उहाँको जोड छ ।

सरकारले पिसिआर परिक्षणको दायरा बढाउनुपर्छ हामी स्थानिय तहहरु क्वारेटाईनको व्यावस्था गर्छो उपप्रमुख चलाउनेले भनिन् अहिले नागरिकको स्वास्थ्य सुरक्षामा सबै जुटौँ विकास निर्माण त कोरोनाको कहर सकिएपछि गरौँला ।

नेपाली कांग्रेस महासमिती सदस्य तथा नेविसंघ पूर्व सहमहामन्त्री समेत रहेका नगर उपप्रमुख चलाउनेले अहिलेको बजेट कोरोना नियन्त्रण गर्न खर्च गर्नुपर्ने उल्लेख गर्नुभयो ।

अहिले आफु पनि बाँच्ने र अरुलाई पनि बचाउने समय भएकाले राज्यका सबै निकाय, सामाजिक संघसंस्था तथा राजनितिक दलहरुलाई कोरोना नियन्त्रणमा सक्रिय हुनु नगर उपप्रमुख चलाउनले आग्रह गर्नुभयो ।