मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समाजसेवी शाहद्धारा बयालपाटा अस्पताललाई एक लाख आर्थिक सहयोग

समाजसेवी शाहद्धारा बयालपाटा अस्पताललाई एक लाख आर्थिक सहयोग

सुदूर आज

समाजसेवी शाहले अस्पताललाई गर्नुभएको निरन्तर सहयोगको डा. गौचनद्धारा प्रशंसा व्यत्त

पूर्ण बहादुर खड्का, अछाम ।


समाजसेवी राजेन्द्र बहादुर शाहले न्याय हेल्थ नेपाल बयालपाटा अस्पताललाई आर्थिक सहयोग गर्नुभएको छ । अछामको साँफेबगर वडा नंं. ७ रिडिकोट घर भई हाल काठमाण्डौँ बस्दै आउनु भएका समाजसेबी शाहले अस्पतालका लागि १ लाख ५ रुपयाँ आर्थिक सहयोग गर्नुभएको हो ।

आफ्नो कमाईमा हरेक अछामी नागरिकको अधिकार छ भन्दै आएका शाहले जिल्ला बासीको स्वास्थ्यमा बरदान साबित भएको न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालले निशुल्क रुपमा गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरिहरेको भन्दै आर्थिक सहयोग गरेका शाहले बताए ।

बिगतका दशक देखि नै समाजसेवामा क्रियाशिल शाहले अस्पतालका लागि यसअघि पनि २ पटक गरेर कोरोना भाईरस सम्बन्धी स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको थियो ।

साथै शाहले अस्पतालको प्रदान गर्ने गुणस्तरिय सेवाले अछाम लगायत सुपका अन्य जिल्ला र कर्णालीका समेत केही जिल्लाका नागरिकले प्रत्यक्ष रुपमा सेवा पाएको भन्दै उहाँले सबैलाई सहयोग गर्न समेत अपिल गर्नुभयो ।

समाजसेवी शाहले देशमा कोरोना भाईरसका कारण उत्पन्न कठिन परिस्थितीले अप्ठरोमा परेका काठमाडौँमा रहेका विध्यार्थी तथा मजदुरहरुको कोठा कोठामा पुगेर खाद्यान्न र आर्थिक सहयोग गर्दै आईरहेका छन् । लकडाउनको सुरु देखिनै निरन्तर सहयोग गरिहरेका शाहले आफ्नो परोपकारी सहयोगलाई निरन्तरता दिईरहेका छन् ।

अछामी जनताको स्वाथ्य प्रती देखाउनु भएको चिन्ता र अस्पताललाई गर्नु भएको सहयोगको लागि न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले उच्च सम्मान गर्दै शाहलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । आगामी दिनमा पनि यस्तै साथ सहयोग अपेक्षा गरेको डाक्टर गोचनले उल्लेख गर्नुभयो ।

समाजसेवी शाह जस्तै परोपकारी मन भएका हरेक नागरिकले सहयोग गर्दै आएमा आगामी दिनमा समेत यस्तै गुणस्तरिय सेवालाई निरन्तरता दिन बल पुग्ने भन्दै डाक्टर गौचनले समेत सहयोगका लागि आग्रह गर्नुभएको छ ।