मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा नेता डा. रावलद्धारा अछामका लागि १०० थान पिपिई प्रदान

नेकपा नेता डा. रावलद्धारा अछामका लागि १०० थान पिपिई प्रदान


पूर्ण बहादुर खड्का, अछाम ।

पूर्व उपप्रधान, रक्षा, गृह मन्त्री डाक्टर भिम बहादुर रावलले अछाम जिल्लाका लागि स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको छ ।

अछाम क्षेत्र नं. एक बाट प्रतिनिधी सभा सदस्य समेत रहेका नेता रावलले बयालपाटा अस्पताल र जिल्ला अस्पताल मंगलसेनका लागि ५०/५० थान व्यक्तिगत सुरक्षाको सामाग्री पिपिई प्रदान गर्नुभएको हो ।

स्वास्थ्य क्षेत्रमा खटेर काम गर्ने कर्मचारीलाई सुरक्षित भएर का मगर्न सहज होस् भनेर व्यक्तीगत रुपमा पिपिई प्रदान गरिएको नेता रावलले बताए ।

नेकपा स्थायी कमिटी सदस्य समेत रहेका नेता रावलले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा सहज होस् भनेर उक्त पिपिई प्रदान गर्नुभएको हो ।