मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देविस्थानमा ६३ जनालाई क्वारेन्टाइनमा राखीयो

देविस्थानमा ६३ जनालाई क्वारेन्टाइनमा राखीयो

सुदूर आज

अछाम – साँफेबगर नगरपालिका वडा नम्बर ११ देविस्थानमा ६३ जना लाई क्वारेन्टाईनमा राखीएको छ । वडाका बिभिन्न ठाउँमा निर्माण गरीएका क्वारेन्टाइनमा अहीले सम्म ६३ जना बसीरहेका छन ।

आईतबार मात्रै भारतको राजधानी नया दिल्लीबाट आएका १५ जना पुरुष, ९ महिला र ५ बालबालिका गरि २९ जनालाई महाकाली प्राविको क्वारेन्टाइनमा राखिएको वडा अध्यक्ष गणेश बहादुर खड्काले जानकारी दिए ।

यस्तै जेष्ठ ९ गते भारतबाट आएका १५ जना पुरुष ९ जना महिला र १० बालबालिका लागि कुल ३४ जना कैलाश प्राबि देविस्थानको क्वारेन्टेनमा बसिरहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र क्वारेन्टाईनको अवधी पुरा गरेपछि स्वास्थ्य परिक्षण गरि आ–आफ्नो घर पठाईने वडा अध्यक्ष खड्काले बताए ।

क्वारेन्टाईन व्यावस्थापनमा बसेकाहरुलाई वडा अध्यक्ष गणेश बहादुर खड्का, देविस्थान स्वास्थ्य चौकी ईन्चार्ज हिमालय जोशी, वडा सचीब ध्रुर्ब बिक र ल्याब आसिस्टेन्ट मनीत सार्कीले सुझाब सल्लाहा दिदै सुरक्षित रुपमा क्वारेन्टाईनमा बसीदीन आग्रह गरेका छन् ।