फाईल फोटो
अछाम । कामको सिलसिलामा भारतका विभिन्न शहर गएकाहरु अहिले धमाधम जिल्ला फर्किरहेका छन् । उनीहरुलाई बिना चेक जाँच यहाँका स्थानीय तहले आफ्ना क्वारेण्टाईनमा राख्न थालेको छ ।
कोभिड–१९ को जाँच गर्ने (आरडिटी) कीट नभएका कारण उनीहरुलाई बिना जाँच क्वारेन्टिनमा राखिन थालिएको हो ।
जिल्लामा आजसम्म कम्तीमा पनि ५ सय भन्दा बढी नागरिक क्वारेण्टाईनमा रहेका स्वास्थ कार्यालय अछामका प्रमुख झनक ढुगानाले जानकारी दिए । भारतबाट भित्रिनेको सख्या बढिरहेकाले क्वारेन्टाईनमा बस्नेको सख्या अझै बढ्नसक्ने उनको अनुमान छ ।
अछामका स्थानीयहरुमा भारतबाट फर्किने क्रम बढिरहेकाले क्वारेन्टाईन व्यवस्थापन गर्न समस्या भईरहेको छ । कतिपय स्थानीयतहहरुले क्वारेन्टाईनमा बस्ने स्वयम ब्यक्तिले नै ओढ्ने ओछ्याउने व्यवस्था आफैले गर्नुपर्ने बताएका छन् ।
तुर्माखाद गाउँपालिकाले खाना र नास्ताको व्यवस्था गाउपालिकाले गर्ने भएपनी ओढ्ने ओछ्याने व्यवस्था स्वयम आफैले गर्नुपर्ने बताएको छ ।
प्रतिक्रिया