अछाम ।
मेल्लेख गाउँपालिकामा कोरोना भाईरस परिक्षणका लागी १० जनाको स्वाब संकलन गरिएको छ । पिसिआर बिधिबाट परिक्षणका लागी स्वाब संकलन गरिएको गाउँपालिका अध्यक्ष लोकबहादुर बाहराले जानकारी दिए ।
मेल्लेख ४ का ३२ वर्षीय पुरुषमा कोरोना सक्रमण देखिएपछि उनीसगै रहेका १० जनाको स्वाब संकलन गरिएको अध्यक्ष बोहराले बताए ।
सक्रमित पुरुष जेठ ८ गते गौरीफन्टा नाकाबाट फर्किएका थिए । सीमा नाकामा आरडीटी परीक्षणका क्रममा पोजेटिभ देखाएपछि उनलाई सेती अस्पतालको आईसोलेसनमा राखिएको थियो ।
मेल्लेख गाउँपालिकामा जेठ ९ गते यता २ सय ९२ जना भित्रिएका छन् । उनीहरु सबैलाई समबन्धीत वडाको क्वारेन्टाईनमा राखिएको अध्यक्ष बोहराले बताए ।
जिल्लामा चौखुट्टे नाकाबाट भएर जेठ ९ गते यता ६ सय ८ जना भित्रिएका ईलाका प्रहरी कार्यालय साफेबगरका प्रमुख नरपति भट्ट्ले जानकारी दिए ।
प्रतिक्रिया