मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढीमा १ सय २० जनाको कोरोना परीक्षण

धनगढीमा १ सय २० जनाको कोरोना परीक्षण


धनगढी : धनगढी प्रयोगशाला मार्फत आज एक सय २० जनाको कोरोना परीक्षण गरिएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार आज बिहान मात्रै एक सय २० जनाको कोरोना परीक्षण गरिएको हो।

उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको सूचना अधिकारी श्रेष्ठले बताए। ‘कैलालीका ८०, कञ्चनपुरका १८, डडेल्धुराका ११, बैतडीका चार, अछाम र डोटीका तीन÷तीन तथा बझाङका एक जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।’ सूचना अधिकारी श्रेष्ठले दिनेश खवरलाई भने। 

सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

उनीहरु मध्ये कैलालीका ४ र कञ्चनपुरका एक गरी पाँचजना यसअघि नै निको भएर घर फर्किसकेका छन्।