काठमाडौं- संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रिय सभाको लोगोमा परिवर्तन गरिएको छ। अद्यावधिक गरिएको नेपालको नक्सा राखेर संसदको लोगो परिवर्र्तन गरिएको हो।
परिवर्तित लोगो मंगलबारको बैठकबाट प्रयोगमा ल्याइएको छ।
सरकारले भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा जेठ ७ गते जारी गरेको थियो।
सरकारले नेपालको नक्सा अद्यावधिक गरेपछि संसद्ले पनि नयाँ नक्साअनुसार लोगो परिवर्तन गरेको हो। सांसदहरूले लगाउने लोगो र रोस्ट्रममा भएको प्रतीक चिह्न पनि नयाँ नक्साअनुसार परिमार्जन गरिएको छ।
निशाना छाप परिवर्तन गर्न भने संविधान संशोधन गर्नुपर्ने हुन्छ। संविधान संशोधनका लागि सरकारले संसदमा विधेयक दर्ता गरिसकेको छ।
प्रतिक्रिया