कमल रावल, अछाम ।
मंगलसेन नगरपालिका भित्र ३ वडाका १७ जनालाई राहत वितरण गरिएको छ । कोरोनाभाईरसको संक्रमणका कारण भएको बन्दाबन्दीले समस्यामा परेका वडा नम्बर ३ का ४ जना वडा नम्बर ४ का ६ जना र ५ का ७ जना ब्यक्तिलाई खाद्यान्नका सामाग्री वितरण गरिएको हो ।
मंगलसेन नगरपालिकाले छनोट गरेका असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, असहाय, गरिब तथा विपन्न घर परिवारका ब्यक्तिलाई मालिका विकास संघ नेपालको सहकार्य र डींसीएको आर्थिक सहयोगमा र मगंलसेन नगरपालीको समन्वयमा प्रत्येक ब्यक्तिलाई ३० केजी चामल, ३ केजी दाल, २ केजी चिनी, २ केजी नुन २ सय ५० ग्राम चियापती र ४ पीस साबुन वितरण गरिएको छ ।
सामाजिक दुरि कायम गर्दै वितरण गरिएको कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले हरेक संघ संस्था तथा ब्यक्तिले एकद्धार प्रणाली मार्फत राहत वितरण गर्नु पर्ने बताउनु भयो । यतिबेला समस्याका परेका ब्यक्तिलाई राहत वितरण गरेको संस्थालाई धन्यवाद दिदै आगामि दिनमा साथ र सहकार्यको अपेक्षा समेत गर्नु भएको थियो ।
राहत वितरण कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष पदम बहादुर धामि, मालिका विकास संघका कोभिड जिल्ला उपसंयोजक गोपी सिह नेपाली, रेडियो रामारोशनका कमल रावल, विक्रम परियार मालिका संघका सामाजिक परिचालक निर्मला रावल र गणेश थापाको सहभागिता रहेको थियो ।
यस अघि मालिका संघ मार्फत बान्नीगढी जयगढ गाउपालिका र पंञ्चदेवल विनायक नगरपालिकामा समेत राहत स्वरुप खाद्यान्नका सामाग्री वितरण गरिएको थियो ।
प्रतिक्रिया