मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा कोरोनाको प्रभाव न्यूनीकरण गर्न बजेटको प्राथमिकता

सुदूरपश्चिममा कोरोनाको प्रभाव न्यूनीकरण गर्न बजेटको प्राथमिकता


सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ मा प्रस्तुत गर्न लागेको बजेटमा कोभिड—१९ को महामारीबाट प्रभावित नागरिकलाई तत्काल राहत पुग्ने, गरिबी न्यूनीकरण गर्ने र स्वास्थ्य सुरक्षा प्रदान गर्ने कार्यक्रमलाई मुख्य प्राथमिकता दिने भएको छ ।

सुदूरपश्चिम प्रदेशसभाको आज शुरु भएको बर्खे अधिवेशनको पहिलो दिनको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको पूर्व बजेट छलफलका लागि तयार पारिएको दस्तावेज प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले सो जानकारी दिए। 

आगामी आर्थिक वर्ष २०७७/७८ को विनियोजन विधेयकको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीति (कर प्रस्तावबाहेक) प्रस्तुत गर्दै मन्त्री बोहराले कोभिड—१९ को सङ्क्रमणका कारण अर्थतन्त्रमा परेको प्रतिकूल असरको क्षति न्यूनीकरण गर्ने र अर्थतन्त्रको पुनरुत्थानमा टेवा पु¥याउने कार्यक्रमलाई उच्च प्राथमिकता दिइएको जानकारी दिए। 

मन्त्री बोहराले भने, “आगामी बजेटले स्वदेश र विदेशमा रोजगारी गुमाएका नागरिकको आयआर्जन बढाउँदै अर्थतन्त्रलाई गतिशील बनाउन र उनीहरुको ज्ञान सीप क्षमताको प्रयोग गरी कृषि तथा गैरकृषि क्षेत्रको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने क्रियाकलापमा प्रदेश सरकारका कार्यक्रम लक्षित हुनेछन्।” 

थानीय सीप, स्रोत र साधनमा आधारित लघु, साना तथा घरेलु उद्योग एवं मझौला उद्योग तथा व्यवसाय, प्रवद्र्धन गरी रोजगारी र स्वरोजगारीमार्फत आयआर्जन गर्ने, शिक्षा स्वास्थ्य मानव विकास सूचाङ्कमा पछाडि परेका जिल्लामा सञ्चालन हुने कार्यक्रम, संविधान प्रदत्त मौलिक हकको कार्यान्वयनमा सहयोग पुग्ने कार्यक्रम, दिगो विकासका लक्ष्यहरु हासिल गर्ने लगायतका कार्यक्रमलाई पनि प्राथमिकता दिइने मन्त्री बोहराद्वारा प्रस्तुत दस्तावेजमा उल्लेख गरिएको छ।

समाजवाद उन्मुख अर्थतन्त्रको निर्माणमा टेवा पु¥याउने, कोभिड—१९ को सङ्क्रमणवाट शिथिल भएको अर्थतन्त्र पुनरुत्थान गर्ने, समावेशी र दिगो आर्थिक विकासमार्फत सामाजिक न्याय कायम गर्ने लगायतका मुख्य उद्देश्य ल्याउन लागिएको आगामी आवको बजेटको छ। 

बैठकको प्रारम्भमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराउनु हुँदै छैटौँ अधिवेशनलाई मर्या्दित रुपमा सञ्चालन गर्नमा प्रदेशसभाका सदस्यहरुको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। 

बैठकमा दिइएको विशेष समयमा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङ, प्रतिपक्ष नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावल र राष्ट्रिय जनता पार्टीका मालामतीकुमारी राना थारूले अधिवेशनको सफलताको शुभकामना दिँदै समसामयिक विषयमा बोलेका थिए। 

बैठक कक्षमा प्रवेश गर्नेले ह्यान्ड सानिटाइजर, मास्क, पञ्जा प्रयोग गर्नुपर्ने व्यवस्थासमेत गरिएको छ। कोभिड—१९ को सङ्क्रमणको सम्भावित जोखिमलाई न्यूनीकरण गर्नका लागि स्वास्थ्य जाँच नगराउने कसैलाई पनि बैठक कक्षमा प्रवेश गर्ने अनुमति दिइएको छैन्। अर्को बैठक यही जेठ १४ गते बिहान ११ बजे बस्नेछ। रासस