मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वमा कोरोना संक्रमितको सङख्या ५६ लाख ७८ हजार

विश्वमा कोरोना संक्रमितको सङख्या ५६ लाख ७८ हजार


कोरोना भाइरसको महामारीबाट विश्वभर ५६ लाख ७८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्। पछिल्लो २४ घण्टामा मात्रै झण्डै ९५ नयाँ संक्रमित थपिएका छन्।

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ लाख ५१ हजार ६ सय ३८ पुगेको छ। विश्वभरी एकैदिन ४ हजार २५ जनाको मृत्यु भएको छ। 

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार कोरोनाबाट सबैभन्दा बढी प्रताडित अमेरिका छ। त्यहाँ कुल संक्रमितको संख्या १६ लाख ८० हजारभन्दा बढी छ भने ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ।

कोरोना महामारीको पछिल्लो हटस्पट ब्राजिलमा कुल संक्रमितको संख्या अमेरिकापछि सबैभन्दा धेरै छ।

त्यहाँ अहिलेसम्म ३ लाख ९१ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने २४ हजार ५ सयभन्दा बढीको मृत्यु भइसकेको छ। तेस्रोमा रुस छ। त्यहाँ ३ लाख ६२ हजारभन्दा बढी संक्रमित छन्।