कञ्चनपुर- क्वारेन्टिन व्यवस्थापनमा जुटेका कञ्चनपुरका एक वडा अध्यक्षको मृत्यु भएको छ।
जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष कल्लु रानाको मंगलवार राति मृत्यु भएको हो।
सोही वडाकै राष्ट्रिय माविमा क्वारेन्टिन व्यवस्थापनमा जुटेका ५८ बर्षीय वडाध्यक्ष राना एक्कासी बेहोस भएका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
धामीले मृत्युको कारण खुल्न सकेको छैन । उनको शव सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ।
प्रतिक्रिया