मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हुन प्रेरणा मिलोस् : राष्ट्रपति भण्डारी

राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हुन प्रेरणा मिलोस् : राष्ट्रपति भण्डारी

सुदूर आज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रले राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हुन प्रेरणा देओस् भनेर इच्छा प्रकट गरेकी छिन् । 

१३ औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा उपलब्ध प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै सामाजिक, आर्थिक र सांस्कृतिक रूपले सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन प्रेरणा दिनेछ विश्वास लिएको बताएकी छिन् ।

“यस अवसरमा सदाकाल स्वाधीन राष्ट्रको रूपमा रहेको हाम्रो देश नेपालको भौगोलिक अखण्डता कायम गर्न र राष्ट्रियता सुदृढीकरण गर्न अतुलनीय योगदान पुर्याउने हाम्रा पूर्वजहरूको योगदानको स्मरण गर्दै उहाँहरूको स्वाभिमान, वीरता र आदर्शबाट अनुप्रेरित भई राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हुन हार्दिक आह्वान गर्दछु,” उनले भनेकी छिन् ।