मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मूच्र्छित सपनाहरू साकार हुदैछन् : प्रधानमन्त्री

मूच्र्छित सपनाहरू साकार हुदैछन् : प्रधानमन्त्री

सुदूर आज

काठमाडौं । १३ औं गणतन्त्र दिवसका सन्दर्भमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मूच्र्छित सपनाहरू साकार हुन थालेको बताएका छन् ।

“गणतन्त्रलाई संस्थागत गर्न अधिकांश समय व्यतीत भएको यस अवधिमा पनि मुलुकले महत्वपूर्ण उपलव्धि हासिल गरेको छ । जनताको चेतनाले ठूलो फड्को मारेको छ । वर्षौँदेखि मूच्र्छित विकास र समृद्धिका सपनाहरुले साकार रुप लिन थालेका छन्,” उनले सन्देशमा भनेका छन् ।

आफ्नो देश आफैँ बनाउन सकिन्छ भन्ने आत्मविश्वासमा अभूतपूर्व वृद्धि भएको प्रधानमन्त्रीको दाबी छ । राष्ट्रिय एकता सुदृढ भएको बताउँदै आफ्नो  निर्णय आफैं गर्ने र आफ्नो विकासको बाटो स्वतन्त्र ढङ्गले चयन गर्ने राष्ट्रको सार्वभौम अभ्यासले नयाँ उचाइ लिएको उनले बताएका छन् ।

“विश्व रङ्गमञ्चमा एउटा सार्वभौम, स्वतन्त्र, लोकतान्त्रिक, शान्तिप्रिय र विकासको नयाँ यात्रा अगाडि बढाइरहेको मुलुकका रुपमा नेपालको छवि बलियो बन्दै गएको छ,” प्रधानमन्त्रीको भनाइ छ ।