मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘दलित’ शब्द नै खारेज गरौ : गायक शिव परियार

‘दलित’ शब्द नै खारेज गरौ : गायक शिव परियार

सुदूर आज

काठमाडौं । गायक शिव परियारले दलित शब्द नै खारेज गर्न माग गरेका छन् । उनले सम्वोधन गरिने शब्दले नै विभेद गरेको भन्दै दलित शब्द खारेज गर्न माग गरेका हुन् । 

“जातिय उत्पिडनमा परेका वर्गहरुको सम्वोधनमा प्रयोग गरिने दलित शब्द खारेज गरियोस । यो शब्दको उच्चारण र प्रयोगले पनि मान्छेमान्छे बीचमा विभेद बढाउन मद्दत गरेको महशुस भएको छ,” शिव भन्छन्, “दलित सम्वोधनको साटो समग्र जातिय उत्पिडनमा परेका नेपालीको सम्बन्धमा सम्मानजनक शब्दको व्यवस्था गरियोस ।”

उत्पिडनमा परेका वर्गको शैक्षिक र सामाजिक अवस्था सुधारका लागि सरकारले उल्लेखनिय भूमिका खेल्नु पर्नेमा उनको जोड छ । उनले दलित समुदायले पाउँदै आएको आरक्षणका सन्दर्भमा वर्ग विभेद कम गर्न आरक्षण भएको पनि स्पष्ट पारेका छन् । आरक्षण दलित समुदायसँगै उत्पीडित, सीमान्तकृत, लोपोन्मुख तथा अपाङ्गता भएका समुदाय तथा व्यक्तिले सरकारबाट आरक्षण पाउँदै आएका छन् । 

उनले रुकुमपश्चिमको चौरजहारीस्थित अन्तरजातीय विवाहको सिलसिलामा कुटपिट गरी हत्या गरेको घटनालाई लक्षित गर्दै यस्तो बताएका हुन् । 

चौरजहारी नगरपालिका–८ सोतीगाउँमा जेठ १० गते जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विश्वकर्मा तथा उनका साथमा गएका युवाको समूहमाथि गाउँलेले आक्रमण गरेका थिए । नवराजसहित तीन जनाको शव फेला परेको छ भने चार जना अझै बेपत्ता छन् । वडाध्यक्षसहितको सहभागितामा भएको घटनालाई सरकारले गम्भीरतापूर्वक अनुसन्धान गरी दोषी जोसुकै भए पनि कारवाही गर्नुपर्ने अधिकारकर्मीले माग गर्दै आएका बारह्खरीमा समाचार छ ।