मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा बस दुर्घटना

अछाममा बस दुर्घटना

सुदूर आज

अछाम ।

अछाममा बिहिबार बस दुर्घटना भएको छ । जिल्लाको चौरपाटी गाँउपालिका अन्र्तगत वडा नं. ७ मार्कु नजिकै बस दुर्घटना भएको हो ।

सिलगढी साँफेबगर सडक खण्ड अन्र्तगत मार्कुमा बस नालीमा खसेको प्रहरीले जनाएको छ । धनगढीबाट अछामको बिनायक आउदै गरेको ना ५ ख २५९० नम्बर बस बिहिबार बिहान नालीमा खसेको हो ।

बस खस्दा ३ जना सामान्य घाईते भएका थिए ।

ईलाका प्रहरी कार्यालय साफेबगरका प्रहरी प्रमुख नरपति भट्टको पहलमा उनिहरुलाई अर्को बस राखेर गन्तव्य तर्फ पठाईएको छ । तिब्र गतिका कारण बस दुर्घटना भएको प्रहरी प्रमुख भट्टले बताए ।

भारतबाट आएका अछामको पञ्चदेवल बिनायक नगरपालिकाका २८ जना यात्रु ल्याएर बस धनगढीबाट बिनायक जाँदै गरेको थियो ।