काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक रहेको बताएका छन्। उनले प्रस्तावबारे पार्टीको केन्द्रीय समितिको बैठकबाट संस्थागत निर्णय गर्ने स्पष्ट पारेका छन्।
गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै सभापति देउवाले भनेका छन्, ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भू—भाग हुन्। नेपाली कांग्रेसको धारणाबारे कुनैपनि भ्रमपूर्ण समाचारको अलमलमा नपर्न आग्रह गर्दछु।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न गणतन्त्र दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
उनले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस महामारीलाई उच्च सर्तकता र दृढ मनोबलका साथ सामना गर्न आग्रह गरेका नेपाल समयमा खबर छ।
प्रतिक्रिया