मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१५६ जना थपिए संगै नेपालमा कोरोना संक्रमितको संख्या १०४२ पुग्यो

१५६ जना थपिए संगै नेपालमा कोरोना संक्रमितको संख्या १०४२ पुग्यो

सुदूर आज

काठमाडौं । पछिल्लो २४ घन्टामा थप १५६ जनामा कोरोना भाइरस (कोभिडङ–१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । उनीहरु मध्ये ५ जनाको मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किएका छन् ।

सुदूरपश्चिममा थपिए तीनजना कोरोना संक्रमित

यस्तै सुदूरपश्चिममा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलाली र दार्चुलामा बिहीबार नयाँ संक्रमित फेला परेका पुष्टि भएको हो ।

कैलालीको जानकी गाउँपालिकाका ४ का २५ र ३० वर्षीय पुरुष र दार्चुलाको महाकाली नगरपालिका-५ का २१ वर्षीय युवकमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालमा सूचना अधिकारी दिलीप श्रेष्ठलले जानकारी दिए ।

झापामा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

यस्तै झापामा थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९० को संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पतालमा गरिएको परीक्षणमा कचनाकवलका २५ जनामा कोरोना संक्रमण पुष्टिभएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको सख्ंया एक हजार नाघेको छ ।