मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना निको भएर १८७ जना घर फर्किए

कोरोना निको भएर १८७ जना घर फर्किए

सुदूर आज

काठमाडौं । कोरोना भाइरस बाट निको भएर १ ;ओ ८७ जना घर फर्किएका छन्। बुधबार मात्रै नारायणी अस्पतालमा उपचाररत चार जना कोरोना भाइरसको संक्रमण निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नारायणी अस्पतालमा उपचाररत चार जना कोरोना निको भएर डिस्चार्ज भएको बताए । 

“नारायणी अस्पतालमा उपचाररत २ पुरुष र २ महिला कोरोना निको भएर घर फर्किएका छन्” उनले भने, “उनीहरू ११ देखि १४ दिनमा कोरोना निको भएर घर फर्किएका हुन् ।”

कोरोना निको हुनेको संख्या १८७ जना पुगेको उनले जानकारी दिए । 

कोरोना निको हुनेमा हालसम्म पुरुष १४४ र महिला ४३ जना रहेका मन्त्रालयले जनाएको छ ।