मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्व गृहमन्त्री शर्माद्वारा सुरक्षाकर्मी फिर्ता

पूर्व गृहमन्त्री शर्माद्वारा सुरक्षाकर्मी फिर्ता


काठमाडौँ – पूर्व गृहमन्त्री जनार्दन शर्माले आफ्नो सुरक्षामा खटिँदै आएका सुरक्षाकर्मी फिर्ता गरेका छन्।

शर्माले आफ्नो सुरक्षामा खटिएका १० जना सशस्त्र प्रहरीलाई बिहीबार फिर्ता गरेका हन्। उनले गाडीसहित सशस्त्र प्रहरी प्रधान कार्यालयलाई सुरक्षाकर्मी फिर्ता गरेका छन्।

धन्यवादसहित आफ्नो सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई शर्माले बिदाइ गरेका छन्।

पूर्व प्रधानमन्त्री, गृहमन्त्रीलगायतका व्यक्तिहरुको सुरक्षामा ठूलो संख्यामा सुरक्षाकर्मी खटिएको भन्दै जनस्तरबाट आलोचना हुँदै आएकोे छ ।