मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संविधान संशोधन प्रस्तावबारे संस्थागत निर्णय हुँदै छ : कांग्रेस

संविधान संशोधन प्रस्तावबारे संस्थागत निर्णय हुँदै छ : कांग्रेस


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बिहीबार केन्द्रीय कार्यसमिति बैठकको मिति तय गर्दै छ । सरकारले संसदमा पेस गरेको संविधान संशोधन प्रस्तावबारे संस्थागत निर्णय गर्न कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाउन लागेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार मध्याह्नसम्म केन्द्रीय कार्यसमिति बैठकको मिति तय गरिने जानकारी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १३ गते डाकेको सर्वदलीय बैठकमा कांग्रेसले संविधान संशोधनबारे केन्द्रीय समितिबाट निर्णय गर्ने बताएका थियो ।

“संविधान संशोधनजस्तो विषयमा राष्ट्रिय सहमतिको स्थिति बनाएर जाँदा त्यसले राष्ट्रिय एकतालाई अझ मजबुत बनाउन सकिने हाम्रो धारणा छ,” बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले राखेको धारणा उद्धृत गर्दै पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, “नक्साको प्रस्तावलाई हामीले सकारात्मक रूपमा लिएका छौं । यसबारे पार्टी केन्द्रीय समितिको बैठकबाट नेपाली कांग्रेसको संस्थागत निर्णय गर्नेछौं ।”