मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फोटो पत्रकार महासंघ अछामद्धारा संचारकर्मीलाई सुरक्षाका सामाग्री वितरण

फोटो पत्रकार महासंघ अछामद्धारा संचारकर्मीलाई सुरक्षाका सामाग्री वितरण

सुदूर आज

अछाम ।

नेपाल फोटो पत्रकार महासंघ जिल्ला शाखा अछामले व्यक्तीगत सुरक्षाका सामाग्री तथा लाईभ ज्याकेट बितरण गरेको छ । जिल्लामा फोटो पत्रकार महासंघ संग आवद्ध र अन्य संचारकर्मीहरुलाई लाईफ ज्याकेट, मास्क, र हेण्ड सेनिटाईजर बितरण गरेको हो ।


बिहिबार एक कार्यक्रमका बिच नेपाल फोटो पत्रकार महासंघ अछामका महासचिव पूर्ण बहादुर खड्काले नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका अध्यक्ष खम्म खत्रीलाई सामाग्री हस्तान्त्ररण गरेका छन् । शाखाका अन्य सदस्य र संचारकर्मीलाई समेत सामाग्री हस्तान्त्ररण गरिएको छ ।

ब्यक्तिगत सुरक्षाका सामाग्री र लायफ ज्याकेट प्रदान गरेकोमा अध्यक्ष खत्रीले धन्यवाद दियेका छन् ।

नेपाल फोटो पत्रकार महासंघ केन्द्रिय समितीको सहयोगमा फोटो पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले जिल्ला शाखा अछामलाई सामाग्री उपलब्ध गराएको थियो ।

कोरोना भाईरसको संक्रमण बढी रहेका बेला फोटो पत्रकाहरु र अन्य संचारकर्मीलाई का मगर्न सहज होस् भन्ने हेतुले सामाग्री उपलब्ध गराईएको फोटो पत्रकार महासंघ जिल्ला शाखा अछामका अध्यक्ष धिरज कुवँरले बताए ।

लकडाउनले धनगढी रहेका अध्यक्ष कुवँरले प्रदेश समिति संग समन्वय गरे सामाग्री जिल्ला पठाउन सहयोग गरेका थिए । सुरक्षाका सामाग्री सहयोग गरेको भन्दै जिल्ला अध्यक्ष कुवँरले प्रदेश र केन्द्र समिती धन्यवाद ज्ञापन गरेका छन् ।