मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्वरेन्टाइनमै सुत्केरी

क्वरेन्टाइनमै सुत्केरी

सुदूर आज

अछाम –

अछाम जिल्लामा क्वरेन्टाइन बसेकी एक महिला सुत्केरी भएकी छन् । जिल्लाको मेल्लेख गाउँपालिकाले वडा नम्बर ३ ठाँटीको नवदुर्गा माविमा संचालन गरेको क्वारेन्टाइनमा रहेकी सुना नेपालीले शुक्रबार छोरा जन्माउनु भएको हो । 

ठाँटी स्थित बगुडा स्वास्थ्य चौकिका इन्चार्ज नरेन्द्र शाहले सुनालाई सुत्केरी व्यथा लागेपछि क्वारेन्टाइनमै अनमि सम्झना सिंहलाई पठाएर सुरक्षित सुत्केरी गराइएको जानकारी दिए ।

भारतको दिल्लीबाट जेठ १३ गते श्रीमान दक्षबहादुर नेपाली सहित अछाम आइपुग्नु भएकी २६ वर्षीया सुना गर्भवती अवस्थामै क्वारेन्टाइन बस्नु भएको थियो । सुत्केरीपछि भने उहाँलाई होम क्वारेन्टाइनमा बस्नेगरी घर पठाइएको बगुडा स्वास्थ्य चौकिले जनाएको छ ।

शुक्रबार बिहान नौ बजेर आठ मिनेट जाँदा जन्मिएको बच्चाको तौल तीन किलो पाँचसय ग्राम छ भने आमाको स्वास्थ्य अवस्था समेत सामान्य रहेको छ ।