मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संघीय सरकारद्धारा अछामलाई ३ अर्ब ३६ करोड ३२ लाख बजेट बिनियोजन

संघीय सरकारद्धारा अछामलाई ३ अर्ब ३६ करोड ३२ लाख बजेट बिनियोजन


अछाम – जिल्लाका स्थानीय तहललाई संघिय सरकारले अगामी आर्थिक वर्ष२०७७÷०७८का लागि तीन अर्ब ३६ करोड ३२ लाख बजेट बिनियोजन गरेको छ ।

समानिकरण, सशर्त र समपुरक अनुदान गरी संघीय सरकारले जिल्लाका दश स्थानीय तहलाई उक्त बजेट उपलब्ध गराएको हो ।

जिल्लाको दश स्थानीय तह मध्ये सबै भन्दा बढी साँफेबगर नगरपालिकाले ४८ करोड ११ लाख प्राप्त गरेको छ । यसैगरी मंगलसेन नगरपालिकालाई ४१ करोड १७ लाख, तुर्माखाद गाउँपालिकालाई ३६ करोड ३४ लाख, ,रामारोशन गाउपालिकालाई ३५करोड ८७ लाख, कमलबजार नगरपालिकालाई ३४ करोड ११ लाख, पंञ्चदेवल विनायक नगरपालिकालाई ३३ करोड २० लाख, चौरपाटी गाउपालिकालाई ३० करोड ३६ लाख, मेल्लेख गाउपालिकालाई २९करोड ६७ लाख, ढकारी गाउँपालिकालाई २४ करोड ४६ लाख, र सबै भन्दा कम बान्नीगढी जयगढ गाउपालिकालाई २३ करोड ३ हजार बिनियोजन गरेको छ ।