मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा भारतबाट ३९ हजार भित्रिए

सुदूरपश्चिममा भारतबाट ३९ हजार भित्रिए

सुदूर आज

३२ हजार क्वारेन्टिनमा, कहाँ छन् ७ हजार ?

धनगढी : कैलाली र कञ्चनपुरको नाकाबाट मात्रै जेठ २ गतेपछि ४३ हजार बढि भित्रिएका छन्। कैलालीको त्रिनगर नाकाबाट जेठ २ गतेपछि १२ दिनमा ३३ हजार चार सय ३४ र गड्डाचौकी नाकाबाट पाँच दिनमा १० हजार ८२ गरी ४३ हजार पाँच सय १७ जना भित्रिएका छन्।अहिलेसम्म उनीहरु मध्ये १४ सय ५० जनाको मात्रै ¥यापिड टेस्ट गरिएको छ भने अन्य कसैको परीक्षण हुन सकेको छैन्। 

जिल्ला प्रहरी कार्यालय कैलाली कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार ३३ हजार चार सय ३४ जनामा एक हजार सात सय ९१ ज्ना बाहेक अन्य सबै ३१ हजार छ सय ४३ जना सुदूरपश्चिमका नौँ जिल्लाका हुन्। उनीहरुलाई धनगढीबाट पालिकासंग समन्वय गर्दै सम्बन्धित ठाउँमा पुगाईएको समेत बस्नेतले बताए। 

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायका अनुसार गड्डाचौकी नाकाबाट पनि १० हजार ८२ जनाको उद्धार गरिएकोमा अधिकासं सुदूरपश्चिमकै हुन्। ‘जिल्लागत हेर्दा जुम्ला र कालिकोटका वासिन्दाको सङख्या बढि भएपनि प्रदेशगत हेर्दा सबैभन्दा बढि सुदूरपश्चिमकै छन्,’ उपाध्यायले भने, ‘उनीहरुलाई क्वारेन्टाइनमा राख्ने सर्तमा सम्बन्धित पालिकासम्म पुगाईएको छ।’ स्थानीय प्रशासनका अनुसार तीन हजार बाहेक सबै सुदूरपश्चिमका छन्। 

उक्त तथ्याङक हेर्दा १४ दिनयता मात्रै त्रिनगर र गड्डाचौकी नाकाबाट सुदूरपश्चिम प्रदेशमै घर भएका ३९ हजारको उद्धार गरिएको छ। तर प्रदेश स्वास्थ्य निर्देशनालयले १६ गते साँझ सार्वजनिक गरेको तथ्याङक अनुसार ३२ हजार सात सय ३२ जनालाई मात्रै क्वारेन्टाइनमा राखिएको छ। बाँकी सात हजार जना कहाँ छन् भन्ने बारेमा भने न जिल्ला प्रशासन कार्यालयहरुलाई जानकारी छ न त प्रदेश सरकारलाई नै। स्थानीय तहले पनि उनीहरुको खोजी गरेको छैन्। 

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले भने भारतबाट फर्किएकाहरुको व्यवस्थापनको जिम्मा स्थानीय प्रशासनको भएको बताए। ‘भारतमा अलपत्र सुदूरपश्चिमवासीको उद्धारको जिम्मा स्थानीय प्रशासनको हो। सम्बन्धित पालिकासंग समन्वय गर्दै क्वारेन्टाइनमा राख्ने जिम्मेवारी पनि स्थानीय प्रशासनकै हो।’ कार्कीले दिनेश खवरलाई भने। 

भारतबाट फर्किएकाहरुलाई समेत क्वारेन्टाईनमा नराखिएको फेला परेपछि उनीहरु सिधै घर फर्किएको हुन सक्ने अनुमान गरिएको छ। यस्ले समुदाय स्तरमा कोरोना संक्रमण फैलिने खतरा बढेको दिनेश खबरमा समाचार छ।