मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौखुट्टे नाकाबाट १४ सय ५१ नागरिक अछाम हुदैँ घर फर्किए

चौखुट्टे नाकाबाट १४ सय ५१ नागरिक अछाम हुदैँ घर फर्किए

सुदूर आज

फाईल फोटो

पूर्ण बहादुर खड्का, अछाम ।

शनिबार अछामको चौखुट्टे नाकाबाट १४ सय ५१ नागरिक अछाम भित्रिएका छन् । भारतको विभिन्न शहर बाट धनगढी तथा महेन्द्रनगरबाट ४४ गाडी मार्फत उनिहरु चौखुट्टे नाका हुदैँ घर फर्किका हुन ।

अछाम भित्रिएका मध्ये ८ सय ६३ जना अछामका रहेका चौखुट्टे प्रहरी पोष्टका ईन्चार्ज गणेश बहादुर सिंहले बताए । उनिहरु २४ बस तथा १ स्कारपियो मार्फत अछाम भित्रिएका हुन् ।

ईन्चार्ज सिंहका अनुसार चौखुट्टे नाका मार्फत नै १५ बस, २ स्कारपियो र १ हाईस मार्फत ५ सय ७५ जना पनि अछामको साँफेबगर हुदैँ बाजुरा गएका छन् ।

यस्तै १ स्कारपियो मार्फत १३ जना जुम्लाका नागरिक समेत सोही नाका बाट आफ्नो जिल्ला गएका ईन्चार्ज सिहंले बताए । भारतले लकडाउनमा घर जानेहरुका लागि बाटो खुल्ला गरेपछि नागरिकहरु स्वदेश फर्किएका हुन् ।

यस्तै कैलाली र कञ्चनपुरको नाकाबाट मात्रै जेठ २ गतेपछि ४३ हजार बढि सुदूरपश्चिम प्रदेश भित्रिएका छन् । कैलालीको त्रिनगर नाकाबाट जेठ २ गतेपछि १२ दिनमा ३३ हजार चार सय ३४ र गड्डाचौकी नाकाबाट पाँच दिनमा १० हजार ८२ गरी ४३ हजार पाँच सय १७ जना भित्रिएका हुन् ।