मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्वारेन्टाइनमै जन्मन थाले बच्चा

क्वारेन्टाइनमै जन्मन थाले बच्चा

सुदूर आज

अछाम – बाजुरामा एक महिलाले क्वारेन्टाइनमै छोरी जन्माएकी छिन्। जिल्लाको बुढीगंगा नगरपालिका–१ धुरालसैनमा वडा कार्यालयले बनाएको क्वारेन्टाइनमा स्थानीय विनोद चदाराकी श्रीमती तुलसी चदाराले शुक्रबार राति छोरी जन्माएकी हुन्।

भारतबाट आएर क्वारेन्टाइनमा बसेकी २० वर्षीय चदाराले पहिलो सन्तानको रुपमा छोरी जन्माएकी वडा सदस्य ललित थापाले जानकारी दिए।

सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमी दिया सिंहले सुरक्षित सामग्री प्रयोग गरी बच्चा जन्माएको बताइन्। उनका अनुसार बच्चा र आमाको अवस्था सामान्य रहेको छ।

यस्तै धुरालसैन माध्यमिक विद्यालयको क्वारेन्टाइनमा तीन दिनकी सुत्केरी अर्की २० वर्षीया पूजा नेपाली पनि बसिरहेको बुझिएको छ। भारतबाट फर्किँदा बीच बाटोमै सुत्केरी भएर आएकी नेपाली र उनका पति पनि क्वारेन्टाइनमै रहेका छन्।

यस्तै शुक्रबार बिहान मात्र अछाममा पनि एक महिलाले क्वारेन्टाइमा नै छोरा जन्माएकी छिन्।