मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस बैठकमा संविधान संशोधनका पक्षमा मतदान गर्ने प्रस्ताव पेस

कांग्रेस बैठकमा संविधान संशोधनका पक्षमा मतदान गर्ने प्रस्ताव पेस

सुदूर आज

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने प्रस्ताव गएको छ ।

संविधान संशोधनका बिषयमा छलफल गर्न शनिबार बसेको पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा उक्त प्रस्ताव स्पष्टसँग पेश भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

‘कालापानी, लिपुलेक र लिम्पियाधुराको भुभाग समावेश गरि नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गर्दछ।’ शर्माले ट्वीट गरेका छन्।

सरकारले मुलुकको नयाँ नक्साअनुसारको निसान छाप बनाउन संविधान संशोधन विधेयक शुक्रबार संसदमा दर्ता गराएपछि त्यसबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो।

सरकारले भारतले अतिक्रमण गरेका लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गरिएपछि संविधानको अनुसूची (३) मा रहेको निसान छापभित्र रहेको मुलुकको पुरानो नक्सा परिवर्तन गर्नुपर्ने छ। – नेपाल समय