मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगरमा क्वारेन्टाइनको अवस्था बारे अनुगमन

साँफेबगरमा क्वारेन्टाइनको अवस्था बारे अनुगमन


अछाम । साँफेबगर नगरपालिकाको दुई वडाको क्वारेन्टाइनको अवस्थाको बारेमा शनिबार अनुगमन गरिएको छ ।

नगरपालिकाको वडा नम्बर २ जाल्पादेबीको त्रिपुरा सुन्दरी माबी, वडा नम्बर ३ को प्रधा धम्कोट माबी र कालिका आधारभुत बिधालयमा बनाईएको क्वारन्टाइन र त्यहा बसेका मानिसहरुको अवस्थाको बारेमा अनुगमन गरिएको हो ।

जिल्ला समन्वय समिति अछामका प्रमुख नरबहादुर कुँवरको नेतृत्वमा गएको टोलीले स्थलगत अनुगमन गरेको हो । स्थानीय तहले उपलब्ध सो्रेत साधनले भ्याएसम्म क्वारेन्टाइनहरुको व्यवस्थीनै बनाएको समन्वय प्रमुख नरबहादुर कुँवरले बताए ।

उनले क्वारेन्टाइनमा शौचालयको समस्या रहेको देखिएकाले अस्थाई रुपमा शौचालय निमार्णका लागी सम्बन्धीत वडालाई सुझाब दिईएको बताए । नगर प्रमुख कुलबहादुर कँुवरले कोरोनाले पारेको यो बिषक परिस्थीती र संकटको अवस्थाका संयम र अनुसासित तरिकाले क्वारेन्टाइनका बसिदिन आग्रह गरे । आफुहरुले सकेसम्म उपलब्ध सा्रेत साधनले क्वारेन्टाइनलाई व्यवस्थीत बनाउन लागी परेको नगर प्रमुख कुवरको भनाइ छ।

अनुगमन टोलीमा सिद्धेश्वरका वडाध्यक्ष कृष्ण बुढा, सदस्य बलहादुर कुँवर, शसस्त्र प्रहरी ४९ गुल्मका डिएसपी देबेन्द्रबहादुर सिह, ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख नरपति भट्ट्, नेपाली काग्रेसका वडा सभापति प्रेम ठकुल्ला, नेकपाका वडा अध्यक्ष नेत्र कुँवर, पत्रकार महासंघ अछामका उपाध्यक्ष गीता कुँवर लगायतको सहभागिता रहेको थियो ।