मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काेराेना लक्षित स्वास्थ्य सामग्री खरिद गर्ने लगायतका निर्णय गर्दै मेल्लेख गाउँपालिकाको बैठक सकियो

काेराेना लक्षित स्वास्थ्य सामग्री खरिद गर्ने लगायतका निर्णय गर्दै मेल्लेख गाउँपालिकाको बैठक सकियो


लालबहादुर चदारा, मेल्लेख ।

मेल्लेख गाउँकार्यपालिकाकाे बैठक विभिन्न निर्णय गर्दै शनिबार सम्पन्न भएकाे छ । मेल्लेख गाउँपालिकाका अध्यक्ष लाेक बहादुर बाेहाेराकाे अध्यक्षता सामाजिक दुरि कायम गरि बसेकाे बैठकले विश्वभर माहामरिकाे रुपमा फैलिदैगैरहेकाे काेराेना भाइरस काेभिड १९ काे लागि आवश्यक स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय गरेको छ।

बैठकले मेल्लेखमा दिन प्रति दिन काेराेना प्रभावित क्षेत्रबाट आउनेकाे सङ्ख्या बढदै गैरहेकाे अबस्थालाई मध्यनजरदगर्दै आरडीटी किड, स्वास्थ्य कर्मिका लागि पिपिई र पिसिआर रिपोर्ट चेक गर्नकाे लागि स्वाब संकलन गर्ने सामग्री खरिद गर्ने निर्णय गरेकाे छ ।

क्वारेन्टाइन ब्याबस्थापन गर्नकाे लागि पालिका उपाध्यक्ष धन बहादुर शाहिकाे सयाेजकत्वमा हिकमत बुढा र नबराज भण्डारी सदस्य रहने गरि ३ सदस्यीय गाउपालिका स्तरीय क्वारेन्टाइन ब्यबस्थापन समिति बैठकले गठन गरेकाे छ ।

यस्तै बैठकले प्रेम बुढाकाे सयाेजकत्वमा क्वारेन्टाइन ब्यबस्थापनका लागि आबश्यक सामाग्री क्वारेन्टाइन स्थलमा पुर्‍याउने उपसमिति गठन गरेकाे छ भने क्वारेन्टाइनमा बसेकाहरुलाइ प्रत्येक वडाका स्वास्थ्य सस्थाले क्वारेन्टन स्थलमा गई दैनिक स्वास्थ्य परिक्षण ज्वरो लगायतका कुनै लक्ष्यण देखिएमा चेक गर्ने दैनिक रिपोर्ट राख्ने लगायतका निर्णय गरेकाे छ।

जिल्ला बाहिर अलपत्र, जाेखिममा रहेका सर्बसाधारणका छाेरा छाेरि बिद्यार्थीहरुलाई उदार गर्ने आर्थिक बर्ष २०७७/०७८ काे बजेटका लागि वडा मार्फत छलफल गरि गाउपालिकामा पेश गर्ने लागाएतका निर्णय बैठकमा भएका छन।

मेल्लेख गाउपालिकामा ७२४ जना वडाकाे बिद्यालयका क्वारेन्टाइनमा रहेकालाई गाउपालिकाले ब्यबस्थापन गर्ने , गत बैशाख १४ गते मेल्लेख ३ ठाटिमा चट्याङ लागेर मृत्यु भएकि महिलालाई गाउपालिकाबाट राहत उपलब्ध गराउनेे लगायतका निर्णय गरेको पालिकाले जनाएको छ।