मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेल्लेख गाउपालिकामा अनलाईन मार्फत नै बजेट सम्बधी सुझाब दिन सकिने

मेल्लेख गाउपालिकामा अनलाईन मार्फत नै बजेट सम्बधी सुझाब दिन सकिने

सुदूर आज

अछाम

अछामको मेल्लेख गाउपालिकाले अनलाईन मार्फत नै बजेट निर्माण सम्बन्धि राय, सुझाव एवंम सल्लाह दिन सकिने व्यावस्था मिलाएको छ ।

आउदो आर्थिक बर्षको लागि निर्माण हुने बजेट सम्बन्धी सुझाब सल्लाह अनलाईन मार्फत नै दिन सकिने गरी वेबसाईट निर्माण गरिएको गाँएपालिकाले जनाएको छ ।

लकडाउनको समयलाई मध्यनजर गर्दै गाउपालिका आर्थिक बर्ष २०७७०७८ को बार्षिक बजेट निर्माण सम्बन्धी महत्वपूर्ण सुझाब सल्लाह अनलाईन मार्फत फारम भरेर वा फोन मार्फत दिन सकिने गरी बनाएको हो ।

अनलाईन फारम भरेर वा फोन गरेर अडियो नोटिस मार्फत सुझाव सल्लाह वा आफ्नो राय दिन सकिने व्यावस्था मिलाईएको मेल्लेख गाँउपालिकाका सुचना अधिकारी चन्द्रप्रकाश साउदले बताए ।

साँउदका अनुसार लकडाउनमा गाँउपालिकामै सहभागी हुन नसक्ने व्यक्तीहरुको लागि सहज होस भनेर सुचना प्रविधीको प्रयोग गरि अनलाईन व्यवास्था गरिएको हो ।