- गोबिन्द बहादुर शाही
सन् २००८ मा गरिएको नेपाल श्रमशक्ति सर्बेक्षण अनुसार कृषि क्षेत्रमा आबद्ध जनसंख्या ७३.९ प्रतिशत रहेको थियो । सन् २०१८ मा आएर कृषि क्षेत्रमा आबद्ध जनसंख्या ६०.४ मा झर्यो । यसरी हेर्दा कृषि क्षेत्रमा आबद्ध रहनेको संख्या क्रमश घट्दै गएको बुझिन्छ । थप के स्पष्ट हुन्छ भने बिगत १० बर्षमा कृषि क्षेत्रको आबद्धता बिभिन्न कारणहरु जस्तै : प्रबिधिको प्रयोग र व्यवसायिकता, उर्बर भूमिको अभाब, बैदेशिक रोजगारीमा आर्कषण र शहर केन्द्रित बसोबास र सेवा क्षेत्रको बिस्तार आदिले गर्दा कृषि क्षेत्रमा जनसख्याको आबद्धता क्रमिक रुपमा घटदै गईरहेको छ । यसले गर्दा एकातिर कृषि क्षेत्रमा रोजगारी घटेको देखिन्छ भने अर्का तर्फ कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घटदै गइरहेको छ । बि स २०६७/६८ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको भूमिका ३७.१ प्रतिशत रहेकोमा बि.स २०७५/७६ मा उक्त क्षेत्रको योगदान २१.२ प्रतिशत मात्र रहेको छ ।
बिगत लामो समय देखि नेपालमा कृषि क्रान्तिको बिषयमा बिभिन्न बहस चर्चा परिचर्चा भएको र सरकारले पनि बजेटको धेरै रकम कृषि क्षेत्रमा लगानी गरेको भएता पनि मासिहरुले कृषि पेशालाई धेरै महत्व र सम्मान नदिएका कारण यस क्षेत्रमा सोचे अनुसारको प्रतिफल प्राप्त हुन सकिरहेको छैन । हाल बिश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाईरसले नेपालको अर्थतन्त्रमा गम्भिर असर परेको छ । कोरोना महामारी र लकडाउनले मानिसको सोचाई, जिवनशैलीमा परिर्बत र यसले ब्यापार ब्यावसायमा पारेको असरले गर्दा अब कृषि क्षेत्रमा साच्चिकेै क्रान्ति गर्नु पर्ने अवसर सृजना गरको छ धने नेपालको कृषि क्षेत्रमा ब्यापक आधुनिकिकरण र व्यवसायीकरण गर्ने वातावरण सृजना भएको छ ।
नेपाल सरकारले आ.ब २०७७/७८ मा करिब ५ लाख भन्दा बढि बैदेशिक रोजगारमा गएका यूवा जनशक्ति रोजगारी गुमाएर देश फर्कने अनुमान गरेको छ । बैदिेशिक रोजगारी गुमाएसँगै एकातिर देशमा भित्रने बिप्रेषणको मात्रा घटने र गरीबी बढने निश्चित छ भने अर्का तर्फ उनिहरुले लाई देश भित्र रोजगार प्रदान गर्र्नु निकैनै चुनौतिपुर्ण छ । सरकारले आ.ब २०७७/७८ मा ७ लाख ३४ हजार नयाँ रोजगारी सृजना गर्ने र ७ प्रतिशत को आर्थिक बृद्धिको महत्वाकांक्षी लक्ष्य लिएको छ । यदि सरकारले नेपाल भित्रै र बिदेश बाट फर्केका कृषि पेशामा आबद्ध रहेका र कृषि पेशामा आबद्ध हुन चाहने मानिसहरु लाई उपयुक्त ज्ञान सिप र तालिमको ब्यवस्थापन गरेर व्यावसायिक कृषिमा जोड दिन सकेमा मात्र उक्त लक्ष्य पुरा हुन सक्छ अन्यथा यो महत्वाकांक्षी लक्ष्य लक्ष्यमा मात्र सिमित रहने निश्चित छ । त्यसैले नेपाललाई आत्मनिर्भर बनाउन र नेपालको ब्यापार घाटा कम गर्नको लागी कृषि उत्पादनलाई बदाउनु र कृषि क्षेत्रलाईनै नेपालको पहिलो प्राथमिकतामा राख्नुको बिकल्प छैन ।
उत्पादनमा बढुवा दिएर कृषि क्षेत्रमै रोजगारी सृजना गर्दै ब्यापार घाटा कम गरी आर्थिक बृद्धि गर्नको लागी नेपाल सरकारले निम्न कामहरु गर्न जरुरी छ ।
कृषि क्षेत्रमा आवश्यक सिप र तालिमको ब्यबस्था गर्ने । कृषि सम्बन्धि पाठयक्रम निर्माण गरी बिद्यालय र क्यापसमा पठन पाठन गर्ने व्यवस्था गर्ने । कृषि पढने बिद्यार्थीको लागी आवश्यक छात्र बृद्धिको ब्यबस्था गर्ने । आबश्यक मल बिउ बिजनको व्यवस्था गर्ने । सिंचाई पूर्बाधारको निर्मार्ण गर्ने । आबश्यक शित भन्डारको व्यवस्था गर्ने । व्यवसायिक कृषि लाई प्राथमिकता दिने ।
बास्तबिक किसानलाई सहुलियत पुर्ण कृषि अनुदान कर्जा सरल र सुलभ तरीका ले पाउने व्यवस्थापन गर्ने । बिदेशबाट फर्कका जनशक्तिलाई उनीहरुले बिदेशमा कृषि क्षेत्रमा सिकेको सिपलाई नेपालको कृषि क्षेत्रमा प्रयोग गर्ने र देशमा रहेका जनशक्तिलाई तालीम दिन लगाउने ।
कृषि सम्बन्थी जानकारीको लागि कृषि मोबाइल एप को निर्माण र प्रयोग गर्ने व्यवस्था गर्ने ।
कृषि बिमाको व्यवस्था गर्ने । बाझो जग्गालाई पुर्ण प्रयोग गर्ने निति बनाउने । सरकारको बाझो जमिनलाई भाडामा दिने व्यवस्था गर्ने । सरकारले माटोको परिक्षण गर्ने आवश्यक प्रबिधि उपलब्घ गराउने । देश भित्र उत्पादित कृषि बस्तुलाई बढी प्राथमिकता दिने कृषि निर्यातलाई जोडदिने आयात प्रतिस्थापन गर्ने । कृषि बजारको निर्माण गर्ने । कृषि क्षेत्रमा राम्रो गर्ने ब्यतिm तथा संस्थालाई पुरुस्कार र सम्मानको ब्यबस्था गर्ने । कृषि क्षेत्रमा अध्ययन अनुसन्धान बढाउने र नयाँ नयाँ कृषि क्षेत्रको खोज गरी कृषि लगानीको वाताबरण सृजना गर्ने ।
कृषि उत्पादननै आर्थिक बृिद्ध गर्ने, रोजगारी सृजना गर्ने, आयात घटाउने प्रमुख आधार हो त्यसैले अब नेपालको मुख्य लक्ष्य नै कृषि उत्पादन हुन जरुरी छ । स्रोत : आर्थिक सर्वेक्षण २०७६/७७, बजेट २०७७/७८
नेपाल कर्मस क्यामपसबाट ब्याबस्थापन बिषयमा स्नातकोत्तर गरेका शाही बाणिज्य बैंकमा कार्यरत छन।
प्रतिक्रिया