मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा थप १६६ जना कोरोना संक्रमित थपिए

नेपालमा थप १६६ जना कोरोना संक्रमित थपिए

सुदूर आज

काठमाडौं ।  नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ। पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भए संगै उक्त संख्या पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित मध्ये १४५० जना पुरुष र ११७ जना महिला रहेका छन्। आइतबार थपिएका मध्ये १६२ जना पुरुष र ४ जना महिला छन्।

 जसमा ८ जनाको मृत्यु भएको छ भने २२० जना संक्रमण मुक्त भएका छन्।अहिलेसम्म देशभर ६९ हजार ५ सय ८२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ।

अहिले देशभर १ लाख १९ हजार १ सय ९२ जना क्वारेन्टाइनमा छन्। त्यसैगरी विभिन्न अस्पतालमा १ हजार ३ सय ४९ जना आइसोलेसनमा रहेका मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाले जानकारी दिए ।

यता सुदूरपश्चिम प्रदेशमा ८ जिल्लाका २८ जनामा कोरोना पुष्टि भएको छ। आइतबार धनगढी प्रयोगशाला मार्फत गरीएको परीक्षणमा थप पाँच जनामा कोरोना पुष्टि भएपछि नेपालभित्रै संक्रमित सुदूरपश्चिमवासीको सङख्या २८ पुगेको हो।