अछाम ।
कोरोनाबाट मृत्यु भएकी बाजुराकी दुई बर्षीय बालिकासंगै गौरीफन्टा नाकाबाट ५ सय भन्दा बढी अछाम भित्रिएका खुल्न आएको छ ।
उनीसगै १३ गते गौरीफन्टा–त्रिनगर नाकाबाट धनगढी हुँदै अछामका ५ सय ४ जना जिल्ला पुगेको खुलेको हो ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार उनीसंगै सो दिन नाकाबाट पाँच हजार दुई सय ४२ जनाको उद्धार गरिएको थियो।
सक्रमित बालिकासगै बाजुरामा २ सय ९२, डोटीमा ८ सय ८१, बझागमा ३ सय ५०, डडेल्धुरामा ५ सय ३ रहेका छन्।
यस्तै बैतडीमा ६ सय १०, दार्चुलामा ६, कैलालीमा १ हजार १ ुय ७५,कचनपुरमा ७ सय ३ र अन्य जिल्लामा ७६ गरी ५ हजार २ सय ४२ जना जिल्ला पुगेका छन् ।
प्रतिक्रिया