मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डडेल्धुराको क्वारेन्टाइनमा मृत्यु भएका बालकको रिर्पोट नेगेटिभ

डडेल्धुराको क्वारेन्टाइनमा मृत्यु भएका बालकको रिर्पोट नेगेटिभ


डडेल्धुरा: डडेल्धुरामा भारतबाट फर्किएर क्वारेन्टाइनमा मृत्यु भएका बालकको रिर्पोट नेगेटिभ आएको छ। धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा परीक्षणका क्रममा उनको रिर्पोट नेगेटिभ आएको हो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले मृतक बालकको थ्रोट स्वाबको नमूना परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको जानकारी दिए।  

आमाबुवासँगै भारतबाट फर्किएर डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएका नवदुर्गा गाउँपालिका वडा नम्बर ३ का अन्दाजी ७ वर्षीय बालकको शनिबार राती मृत्यु भएको थियो।

बालकको कोरोना रिर्पोट नेगेटिभ आएपछि आईतबार नै शव परिवारलाई बुझाईएको डडेल्धुरा अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर जगदिशचन्द्र विष्टले बताए।