मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वमा बढी कोरोना प्रभावित देशको सातौं नम्बरमा भारत

विश्वमा बढी कोरोना प्रभावित देशको सातौं नम्बरमा भारत


बीबीसी । कोरोना भाइरसबाट विश्वका सवैभन्दा बढी प्रभावित देशहरुको सूचीमा भारत सातौं स्थानमा पुगेको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार भारतमा कोरोना संक्रमणका संख्या दुई लाख नजिक पुगेको छ ।

भारतमा कुल एक लाख ९० हजार ६०९ कोरोना संक्रमित छन् भने पाँच हजार ४०८ जनाको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जारी गरेको तथ्यांकअनुसार पनि कोरोना भाइरस संक्रमितको संख्याका हिसाबले भारत दुनियाँको सातौं सवैभन्दा प्रभावित देश बनेको छ ।

डब्लूएचआको अनुसार भारतमा संक्रमणको कुल संख्या एक् लाख ८२ हजार १४३ छ भने पाँच हजार १६४ जनाको मृत्यु भइसकेको छ ।

अमेरिका र ब्राजिल कोरानाबाट सवैभन्दा नराम्रो प्रभावित देश हुन् । अमेरिकामा संक्रमणबाट एक लाखभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितको आंकडा १७ लाख नाघेको छ ।

त्यस्तै ब्राजिलमा पाँच लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको छ भने ३० हजारभन्दा बढी संक्रमितको मृत्यु भइसकेको छ ।