मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार ४०८ पुग्यो

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार ४०८ पुग्यो


गत चौबीस घण्टामै ८,३८० जनामा कोरोना पोजेटिभ

एजेन्सी ।

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच हजार ४०८ पुगेको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार भारतमा कोरोना संक्रमणको संख्या एक लाख ९० हजार ६०९ पुगेको छ । 

भारतमा गत चौबीस घण्टामा आठ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित नयाँ बिरामी फेला परेका छन् ।

स्वास्थ्य मन्त्रालयले गत चौबीस घण्टामा थप आठ हजार ३८० नयाँ संक्रमित फेला परेका जनाएको छ । भारतमा कुल संक्रमित मध्ये ८६ हजार ९८३ जना उपचारपछि घर फर्किएका छन् ।

मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार भारतमा कोरोनाबाट ‘रिकभर’ (सञ्चो) हुने दर ४७.७६ प्रतिशत रहेको बीबीसीले जनाएको छ ।