मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरमा ३ सय ४८ जना क्वारेण्टाईनमा, ४० जना होम क्वारेण्टाईनमा

मंगलसेन नगरमा ३ सय ४८ जना क्वारेण्टाईनमा, ४० जना होम क्वारेण्टाईनमा

सुदूर आज

पूर्ण बहादुर खड्का, अछाम ।

अछामको सदरमुकाम समेत रहेको मंगलसेन नगरपालिकामा ३ सय ४८ जना क्वारेण्टाईनमा रहेका छन् । भारत तथा जिल्ला बाहिर बाट आएका उनिहरुलाई क्वारेण्टाईनमा राखिएको नगरपालिकाले जनाएको छ ।

जेठ ५ गते देखि १९ सम्म बाहिर बाट आएका ३ सय ४८ जनालाई नगरपालिकाका विभिन्न वडामा रहेका क्वारेण्टाईनमा राखिएको नगर प्रमुक पदम बहादुर बोहराले बताए ।

मंगलसेन नगरपालिका भित्र ४० जनालाई होम क्वारेण्टाईनमा राखिएको छ । भारतबाट नागरिक जिल्ला भित्रिएपछि क्वारेण्टाईनमा बस्नेहरुको संख्या बढेको हो ।

मंगलसेन नगरपालिका भित्र २ हजार जना अट्ने २४ वटा क्वारेण्टाईन रहेका नगरपालिकाले जनाएको छ । नगरपालिकाको १ नं. वडामा सबैभन्दा बढी ६१ जना क्वारेण्टाईनमा रहेका छन् भने सबैभन्दा कम वडा नं. २ मा २ जना रहेको नगरपालिकाले जनाएको छ ।

यस्तै पन्चदेवल विनायक नगरपालिकामा ३४८ जना क्वारेन्टाइनमा र ७६ जना हाेम क्वारेन्टाइनमा रहेका नगरपालिकाले जनाएको छ। उता ढकारी गाउँपालिकामा पनि ६३० पुरुष र १२५ गरि ७५५ जना क्वारेन्टाइनमा रहेका पालिकाले जनाएको छ।